About Us

संस्थागत परिचय (Introduction) ः

समिकरण विकास केन्द्र(एड्सेन) नेपाल एक मुनाफा रहित गैरसरकारी संस्था हो । यस संस्था सुर्खेत जिल्ला प्रशासन कार्यालय सुर्खेतमा मिति २०६० साल पौष ०९ गतेका दिन दर्ता नं.२७४/०६० मा विधिवत् रुपमा दर्ता भै संचालनमा आएको सामाजिक संस्था हो । यस संस्था समाज कल्याण परिषदमा दर्ता नं. १६६०३ मा आवद्धता भैसकेको छ भने जिल्ला स्थित गैरसरकारी महासंघमा समेत आवद्धता भै अगाडि वढेको छ । संस्थाले स्थापना कालदेखि नै समूदायका मानिसहरुलाई आत्मनिर्भर, स्वावलम्वी, स्वरोजगारी, लागू औषध दूरव्यसनीको कुलतमा फसेका यूवाहरुलाई विभिन्न जनचेतना मूलक कार्यहरु गरी दूरव्यसनी मुक्त वनाउने, दैवी प्रकोप र विपत् व्यवस्थापनवाट समूदायका मानिसहरुलाई कसरी वच्ने त्यसको उपायको खोजी गर्दै सुरक्षित हुन सुसज्जित गर्दै समूदायका मानिसहरुलाई श–शक्त वनाउँदै र मौकावाट पछाडि पारिएका समूदायका मानिसहरुमा चेतनाको अभिवृद्धि गराइ समूदायमा संचालनमा आएका र निर्माण भैरहेका विकासका गतिविधिलाई यो हाम्रो हो, हामीहरुले नै यसको संरक्षण र सम्वद्र्धन गर्नु पर्छ भनि जनचेतना अभिवृद्धि गराउने उद्देश्यका साथ समिकरण विकास केन्द्र(एड्सेन) नेपाल संस्थाको स्थापना भएको हो ।
समिकरण विकास केन्द्र(एड्सेन), सुर्खेत संस्थाले स्थापना कालदेखि नै समूदायका मानिसहरुलाई विभिन्न क्रियाकलापहरुमा संलग्न गराउँदै मौकावाट पछाडि पारिएका समूदायका यूवायुवती, महिला, विभिन्न जातजातीहरु र विपलाङ्ख मानिसहरुलाई मानवअधिकार, लागूऔषध, दैवीप्रकोप लगायत् विभिन्न गतिविधिहरु संचालन गर्दै हाल यस संस्थाले नेपालमा पहिलो कार्यक्रमको रुपमा नमुना गाउँ निर्माण कार्यक्रम संचालनमा ल्याएको छ । उक्त कार्यक्रमले ती समूदाय मै वसेर आफूसंग भएको सीप र जाँगरलाई परिचालन गर्दै र आफूसंग भएको जति रकम छ त्यही रकमवाटै व्यवसाय सञ्चालन गर्नु पर्छ भन्ने मूल्यमान्यता वोकेर कार्यक्रमको ढाँचा तय गरी भौगौलिक विकटताले पछारेर पछाडि पारेको स्थानवाट कार्यक्रम शुरु गरिएको छ । खास गरी यस संस्थाले कर्णाली प्रदेशमा थुप्रै प्राकृतिक सौन्दर्यता, पुरातात्विक वस्तुहरु हुँदाहुँदै पनि नुनको खोजीमा सुनको सिरानी राखेर दैनिक रुपमा भोग र रोगले ग्रसित अवस्थामा रहेको कर्णाली प्रदेशवाटै यो कार्यक्रम सञ्चालन गर्नु पर्छ भनि कर्णाली प्रदेशको दुई जिल्लाहरु हुम्ला र जाजरकोटलाई आफ्नो कार्यक्षेत्र बनाई कार्यक्रम संचालन गरीरहेको छ ।

परियोजनाको पृष्ठभूमी ः

काेशिस परियाेजना ः

काममा आधा-आधा हिंसा दुबै पक्षले ब्यहोर्दै तेस्रो पक्षको विकास गर्ने लक्ष्यसंगै “कोशिश परियोजना” नेपालको राज्य पुनःसंरचनासंगै नेपालमा प्रबेश गरेको परियोजना हो । विशेष गरी सिंगापुर, अष्ट्रेलिया, अमेरिका, स्वीजरल्याण्ड, जापान लगायतका देशहरुमा यो परियोजनाले काम गरी देश विकासमा ठूलो योगदान पुर्याएको यस परियोजनाको इतिहास रहेकोछ । यो परियोजनाले सन २०३० सम्ममा नेपालको २५ प्रतिशत गाउँहरुलाई नमूना गाउँको रुपमा रुपान्तरण गर्ने लक्ष्य लिएको छ । नमूना गाउँको रुपमा हरेक स्थानीय तहहरुमा यो परियोजनाले काम थालनी गर्नेछ । यो परियोजनाले नेपाल सरकारका विभिन्न तहका अंगहरु स्थानीय तह, प्रदेश र संघसंग साझेदारी गरेर मात्र काम गर्ने गर्दछ । गाउँको सम्भाव्यतालाई मध्यनजर गर्दै गाउँमा भएका स्थानीय श्रोत साधनहरुको अधिकतम प्रयोग गर्दै सडक संजालले छोएको तर सुख्खा जमिन भएको गाउँलाई होम स्टे मा रुपान्तरण गर्ने, ऐतिहासिक स्थलहरुलाई पर्यटकीय स्थलको रुपमा स्थापित गर्दै आन्तरिक तथा वाह्य पर्यटकको अधिकतम आगमन गराउने, सिचाई योग्य जमिन भएको स्थानलाई माटो परिक्षण गरी सम्भावित नगदे वालीमा रुपान्तरण गर्ने, नमूना गाउँको हरेक घरमा एक÷एक फरक फरक विधाका उद्यमीहरु तयार गर्दै उत्पादित बस्तुहरुको निकासी गर्दै आर्थिक अवस्थामा सुधार गरी आर्थिक सम्बृद्धिमा अग्रसर गराउने, लघु भौतिक योजनाहरुको सर्वेक्षण गरी सम्पन्न गर्ने, प्रत्येक टोलहरुमा घुम्तिकोषको स्थापना गरी दिने र हरेक ३-३ बर्षमा सो नमूना गाउँ स्थानीय तहलाई हस्तान्तरण गरी थप नयाँ वडामा कार्य संचालन गर्दै यो “कोशिश परियोजना”परियोजना संचालन हुनेछ । यो परियोजनाले खास गरी सदियौदेखि समाजमा विद्यमान बिकृती मूलक सामाजिक परम्परा, रूढिवादी मूल्यामान्यता, अन्धविश्वास, अशिक्षा, गरिबी, घरेलु हिंसा, महिला पुरूषमा भएका लैङ्गिक विभेद जस्ता सामाजिक विकृतिहरूबाट पीडित समुदायलाई सामाजिक, आर्थिक, राजनैतिक एवम् मानवीय दृष्टिकोणले सक्षम बनाई नमूना गाउँमा हरेक स्थानीय तहका वडाहरुका गाउँहरुलाई रुपान्तरण गर्दै लैजानेछ ।

परियोजनाले काम गर्ने क्रममा विभिन्न समूहहरू जस्तैः मूल समूह, होम स्टे उपसमूह, पर्यटक स्थल संरक्षण उपसमूह, उद्यमी उपसमूह, टोल अनुगमन उपसमूह, कोष व्यवस्थापन उपसमूह, सांस्कृतिक उपसमूह, महिला पुरुष गठबन्धन शान्ति उपसमूह, विवाद ब्यवस्थापन उपसमूह, स्वागत उपसमूह लगायतका समूहहरु हुनेछन ।

त्यसै गरी यस परियोजनाले द्धन्द्धबाट पिडित, विभिन्न कारणले विस्थापित, घरेलु हिंसा पिडित, असहाय, गरिव र सामाजिक रुपमा पछाडि पारिएका तथा अवसरबाट बञ्चित महिला–पुरूष तथा बालवालिकाहरुलाई आयमुलक, शिक्षामुलक, सीप विकास र क्षमता अभिवृद्धि गर्ने किसिमका सबै खालका कृयाकलापहरु संचालन गरी उनीहरुको जीवन स्तरमा सुधार ल्याउन योगदान पु¥याउने समेत लक्ष्य लिएको छ । यहि लक्ष्यसंगै यो उद्यमशिलता साझेदारी परियोजनाको प्रस्तावना तयार गरीएको छ ।

परियोजनाको लक्ष्य  ः

परियोजनाले समेटेको गाँउहरुलाइ समृद्ध नमुना गाउँ बनाउने र नमुना गाउँ भित्रका करीब ८० प्रतिशत घरधुरीहरुमा एक घर एक उद्यम र उद्यमी निर्माण गर्ने ।

परियोजनाको मुख्य उद्देश्यहरूः

क) परियोजनाले काम थालनी गरेका हरेक स्थानमा गरीवीको अवस्थामा सुधार ल्याउने ।

ख) पिछडिएका तथा मौकाबाट बन्चित समुदायमा निहित सीप, क्षमता, ज्ञान, प्रविधि एबं मौलिकपनलाई उकास्ने ।

ग) लोपोन्मुख कला र संस्कृतिको संरक्षण प्रबद्र्धन गरी सामुदायिक विकासका लागी क्रियाशिल बनाउदै लैजाने ।

घ) हरेक घर, एक उद्यमी तयार, भन्ने अभियानका साथ परियोजनाले काम गरेको स्थानमा उद्यमी तयार गर्ने ।

ङ) विभिन्न प्रकारका रोजगारीहरुको सिर्जना गर्दै गरीवी हटाउनमा सरकारको सहयोगीको रुपमा भूमिका निर्वाह गर्ने ।

च) महिला तथा पुरुषहरुको व्यक्तित्व, पेशागत र सीप विकासका लागि विभिन्न सहभागितामुलक गोष्ठी, सेमिनार र सीपमुलक तालिमहरु संचालन गर्ने ।

छ) एउटा नमुना गाउंमा कम्तिमा पनि २० जनालाई रोजगारी सिर्जना गर्ने ।